Odapalika - The Fourth Estate - चौथो अंग
पश्चिमी वायुको प्रभाव कायमै, उच्च पहाडी क्षेत्रमा हिमपात 

काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा आज देशका केही भू–भागमा हिमपातको सम्भावना बढेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको विभागले बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको बताएको छ ।  

आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

विभागले राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने बताएको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update