Odapalika - The Fourth Estate - चौथो अंग
उत्कृष्ट १६ करदाता : व्यक्तिगत तर्फ शाह र संस्थागत तर्फ टेलिकम, अरु को को परे ?

काठमाडौँ । सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न विधामा सबैभन्दा बढी कर तिर्ने १६ कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्मान गरेका हुन् । 

बिहीबार बिहान आन्तरिक राजश्व विभागले आयोजना गरेको राष्ट्रिय कर दिवस २०८० को समापन कार्यक्रममा अर्थमन्त्री डा. महतले करदातालाई सम्मान गरेका हुन् । 

व्यक्तिगत तर्फ सबैभन्दा बढी कर तिरेको भन्दै विजयकुमार शाहलाई सम्मान गरिएको छ । जावलाखेल डिस्ट्रिलरीका संस्थापक रहेका शाह सबैभन्दा बढी कर तिर्ने व्यक्तिको सूचीमा परेका हुन् ।

विभागले सबैभन्दा बढी आयकर तिरेको भन्दै नेपाल दूरसञ्चार कम्पनी (टेलिकम), सबैभन्दा बढी निर्यात गरेको भन्दै डाबर नेपाल प्राालि, विषेश उद्योगका रुपमा एसियन पेन्ट्स, कृषि एवम् पशुजन्य तर्फ ओबिसी फुड्स प्रालीलाई सम्मान गरेको छ । 

यस्तैगरी, बैंक तथा वित्तीय संस्था तर्फ ग्लोबल आईएमई बैंक, सहकारी तथा लघुवित्त तर्फ छिमेक लघुवित्त, बीमा तर्फमा लाइफ इन्स्योरेन्स कर्पाेरेसन, स्वास्थ तथा शिक्षा तर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन तर्फ मनकामना दर्शन प्रालि, वस्तु व्यापार तर्फ भाटभटेनी सुपरमार्केट, मध्यस्तरीय करदातामा नेपाल स्टक एक्सचेन्ज, ऊर्जामा भोटेकोसी पावर कम्पनी, रेमिटेन्समा आईएमई लिमिटेडलाई सम्मान गरिएको हो । 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update