Odapalika - The Fourth Estate - चौथो अंग
नबिल बैंकको लाभांश घोषणा

काठमाडौँ । नबिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको बैक सञ्चालक समितिको बैठकले लाभांश घोषणाको निर्णय गरेको हो । 

गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट सेयरधनीलाई ११ प्रतिशतले हुन आउने गरी नगद लाभाशं दिने निर्णय गरेको हो । 

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा उक्त लाभांश वितरण हुने छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update