Odapalika - The Fourth Estate - चौथो अंग
लाभांश घोषणाले लगानीकर्ता बेखुश, नबिलको सेयर मूल्यमा पहिरो

काठमाडौँ । नबिल बैंकले लाभांश घोषणा गरेसँगै सेयर मूल्य उच्च अंकले घट्न थालेको छ । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेसँगै सेयरमूल्य ओरालो लाग्न थालेको हो । 

यो समाचार तयार पार्दा (११.४३ बजे) सम्म नबिलको सेयर मूल्य ८.०२ प्रतिशतले घटेको छ । बजार खुलेको पौने घण्टाको अबधिमा प्रतिसेयर मूल्य ४५ रुपैयाँले घटेको हो । नबिल बैंकको सेयरमूल्य अहिले प्रतिकित्ता ५१६ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update