Odapalika - The Fourth Estate - चौथो अंग
मन्त्रिपरिषद्को निर्णय : स्वीजरल्याण्ड सरकारले दिएको अुनदान लिनेदेखि सचिवको राजीनामा स्वीकृतसम्म

काठमाडौँ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५ वटा निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृतको निर्णय गरेको हो । 

यस्तै, आजको बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवंम सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिईन । 

उनका अनुसार आजकै बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने, सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने (रा.प. द्धितीय श्रेणी, सरकारी वकिल, रा.प. द्धितीय श्रेणी उपसचिव (राजश्व), प्रहरी नायव उपरीक्षक र रा.प. तृतीय डाटा एनाइलाइटिस्ट) नियुक्तकाे निर्णय भएको छ । 

यस्तैगरी, नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्शाइले आफ्नो पदबाट दिएको राजीनामा पुस २४ गतेबाट लागू हुनेगरी स्वीकृत गर्ने निर्णय गरेको हो । 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update