Odapalika - The Fourth Estate - चौथो अंग
प्रसाईंको भेलामा युवा संघका कार्यकर्ता पुगेपछि बल्खुमा ढुंगामुढा प्रहार

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहको आन्दोलनमा ढुगांमुढा प्रहार भएको छ । प्रसाईंलाई आन्दोलन गर्न तोकिएको बल्खु क्षेत्रमा एमाले निकट युवा संघका कार्यकर्ता पुगेपछि दुई पक्षबीच ढुगांमुढा हानाहान भएको हो ।

प्रर्दशनकारीले ढुगांमुढा हान्न थालेपछि थप प्रहरी तैनाथ पारिएको छ । प्रदर्शनकारीले बाइकलाई ढलाएर ढुंगामुढा हान्दा केही संरचनामा समेत क्षति पुगेको छ ।  

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खुमा कार्यक्रम गर्न प्रसाई पक्षलाई दिएको थियो । युवा संघलाई भने तीनकुनेमा दिएको छ । यसैबीच युवा संघका कार्यकर्ताहरू बल्खु पुगेपछि झडप भएको हो ।  
 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update