Odapalika - The Fourth Estate - चौथो अंग
जातीय विभेद अभियोगमा वडाध्यक्षलाई ३ महिना कैद र ५० हजार जरिमाना

काठमाडौँ । आफ्नै वडाका एकजना वडासदस्यलाई जातीय विभेद गरेको अभियोगमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ३ महिना कैद र ५० हजार जरिमाना हुने भएको छ । 

जिल्ला अदालत कास्कीले  उनलाई जातीय विभेदको अभियोगमा कैद तथा जरिमानाको फैसला गरेको हो । आफूमाथि विभेद गरेको भन्दै वडा सदस्य मैयाँ नेपालीले गत ५ माघमा वडाध्यक्ष अधिकारीविरुद्ध उजुरी दिएकी थिइन् ।

जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभावसम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ अनुसार ३ महिना कैद र ५० हजार जरिमानाको फैसला भएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । सार्वजनिक पद धारण गरेको व्यक्तिलाई ५० प्रतिशत थप सजाय हुने व्यवस्था अनुसार सजाय थप भएर उनलाई यति सजाय भएको उनको भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update