Odapalika - The Fourth Estate - चौथो अंग
आजको मौसमः छिटपुट पानी पर्दा हिमपातको डर

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका केही भू–भागमा पानी पर्नुका साथै हिमपातको सम्भावना औँल्याएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको उसले जनाएको छ । 

विभागका अनुसार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।

दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही  स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

पश्चिमी वायुको आंशिक प्रभाव कायम नै रहेका कारण कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ०७:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update