Odapalika - The Fourth Estate - चौथो अंग
सक्नुुहुन्छ भने मलाई गिरफ्तार गर्नुस्, नजरबन्दमा राखेर आन्दोलन रोकिन्न : दुुर्गा प्रसाईं

काठमाडौँ । प्रहरीले मेडिकल व्यवसायी दुुर्गा प्रसाईंलाई घरमै नजरबन्द गरेको छ । शुक्रबार काठमाडौँको तीनकुनेमा आन्दोलनको तयारी गरेका प्रसााईंलाई प्रहरीले बिहानैदेखि घरमै रोकेको हो । 

उनले शुक्रबार बिहानन पत्रकार सम्मेलन नै गरेर आफूलाई प्रहरीले हामे अरेष्ट (नजरबन्द) गरेको बताएका छन् । आफ्नो निजी निवास ठिमीबाट पत्रकार सम्मेलन गर्दै उनले आन्दोलन नरोकिने बताए । 

‘मलाई बिहानैदेखि प्रहरीले होम अरेष्ट गरेको छ, मलाई यहाँ रोकेपनि हाम्रो आन्दोलन रोकिदैन, सक्नुहुन्छ भने मलाई गिरफ्तार गरेर हिरासतमा लानुन्’, उनले भने । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update