Odapalika - The Fourth Estate - चौथो अंग
शाखा प्रमुख हटाउन अदानचुली गाउँपालिका अध्यक्षको निर्देशन 

काठमाडौँ । हुम्लाको अदानचुली गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंहले पालिकाभित्र द्धन्द्ध निम्त्याएको गम्भीर अभियोग लगाउँदै पािलकाको शिक्षा तथा खेलकुद शाखा प्रमुख मानदत्त ढकाललाई जिम्मेवारीमुक्त गर्न निर्देशन दिएका छन् । 

उनले प्रमुख प्रशासकीय अधिकृतलाई लिखित निर्देशन दिदै ढकाललाई शाखा प्रमुखबाट हटाएर एकजना शिक्षकलाई नियुक्त गर्न निर्देशन दिएका हुन् । ५ मंसिरमा उनले प्रमुख प्रशासकीय अधिकृतलाई लेखेको निर्देशनात्मक पत्रमा ढकालको स्थानमा ज्ञानोदय माविमा कार्यरत शिक्षक विष्णुलाल जैशीलाई नियुक्त गर्न भनिएको छ । 

पालिका अध्यक्षले ढकालले विभेदपूर्ण व्यवहार गरेको, कार्यसञ्चालनमा गैरजिम्मेवार देखिएको, पालिकाभित्र द्धन्द्ध निम्त्याउने काम गरेको जस्ता अभियोग लगाएका छन् । उनले शाखा प्रमुखलाई हटाएर एकजना शिक्षकलाई नियुक्ति गर्न दिएको निर्देशनमा कुनै कानुनी आधार भने लिएका छैनन् । 

aadanchuli1700827061.jpg


 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update