Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो छ आज देशभरको मौसम अवस्था 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशकोपहाडी भू–भागमा मौसम आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहने छ । गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशको केही स्थानमा  हिमपातको सम्भावना रहेको छ ।

हाल सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ । 

शनिबार राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ०८:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update