Odapalika - The Fourth Estate - चौथो अंग
गुलरियामा आलगालीबाट एकै घरका ४ जनाको मृत्यु 

काठमाडौँ । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा एकै घरका ४ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो । 

आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण नखुलेको र त्यससम्बन्धमा  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भरत चन्दको ईंटामाटोले बनेको टायलले छाएको घरमा आगो ताप्ने क्रममा एक्कासी आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएपछि तत्काल नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइ घाइतेको उद्धार गरिएको छ । 

आगलागीबाट एउटा कोठा पूर्ण रुपमा जलेर नष्ट भएको छ । ताप्न राखिएको आगोबाट आगलागी भएको जानकारी पाएकोे गुलरिया नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुरेश गौतमले बताए ।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update