Odapalika - The Fourth Estate - चौथो अंग
जितेका मेयर भ्रष्टाचारी, हारेका मेयर ‘बलात्कारी’ !

काठमाडौँ । स्थानीय तह निर्वाचनमा सप्तरीको शम्भुनाथ नगरपालिकाको मेयर पदका निकटतम प्रतिद्धन्दी बलात्कार अभियोगमा हिरासत पुगेका छन् । 

कांग्रेसवाट मेयर पदमा उठेर नेकपा एकीकृत समाजवादीका उम्मेदवारसँग हारेका  शम्भुनाथ नगरपालिका– ५ मोहनपुरका दिपेन्द्रकुमार चौधरीलाई शुक्रवार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

उनलाई शुक्रबार गिरफ्तार गरेको प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले बताए । पीडितले संचालन गरेको  पसलमा पुगेर गत आइतबार आरोपितले बलात्कार प्रयास गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । 

प्रहरीले आरोपितलाई हिरासतमा राखी अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेको अदालतले जनाएको छ । 

गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट शम्भुनाथ नगरपालिकाको नगर प्रमुखको उम्मेदवार थिए । उनलाई नेकपा एसका जितेन्द्र प्रसाद गुप्ता कलवारसँग एक हजार दुई सय ४९ मतले पराजित भएका थिए ।

शम्भुनाथ नगरपालिकाबाट निर्वाचित मेयर कलवारपनि भ्रष्टाचारी ठहर भएका छन् ।  उनलाई विशेष अदालतले भ्रष्टाचार गरेको ठहर गर्दै ६ महिना कैद र ७० हजार रुपैयाँ जरिमानाको फैसला गरेको छ । मुद्धा दर्ता भएलगत्तै उनी निलम्बनमा छन् ।  

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update