Odapalika - The Fourth Estate - चौथो अंग
आजबाट थाहा नगरपालिकामा फिल्म फेष्टिभल 

काठमाडौँ । मकवानपुरको थाहा नगरपालिकामा आज (शनिवार)बाट थाहा फिल्म फेस्टिभल–२०२३ सुरु भएको छ । 

पर्यटनका लागि फिल्म फेस्टिभल भन्ने नाराका थाहा कला केन्द्रको आयोजनामा हुने एक हप्ते थाहा फिल्म फेस्टिभल–२०२३ को सम्पूर्ण तयारी पूरा भएको थाहा फिल्म फेस्टिभल–२०२३ आयोजक समितिका संयोजक प्रमोदकृष्ण जोशीले जानकारी दिए ।

फेस्टिभलको बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उद्घाटन गर्ने कार्यक्रम छ । आगामी शुक्रवारसम्म सञ्चालन हुने थाहा फिल्म फेस्टिभल–२०२३ बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाको सहयोगमा आयोजना गरिएको हो । 

फिल्म फेस्टिभलमा चलचित्र, लघु चलचित्र र वृत्त चित्र प्रदर्शनी गर्ने कार्यक्रम रहेको संयोजक जोशीले जानकारी दिए । फेस्टिभलमा ६ वटा चलचित्र, १६ वटा लघु चलचित्र र ६ वटा वृत्तचित्र प्रदर्शनी गरिने भएको छ । डेसान, बुलबुल, ऐन झ्यालको पुतली, राधा, प्रकाश र आमा खाण्डोको प्रदर्शनी गरिने भएको हो । 

फिल्म फेस्टिभलका अवसरमा पहिलो दिन शनिवार थाहा नगरको पर्यटन प्रवर्धन लागि बनाइएका वृत्तचित्र प्रदर्शनी गरिने छ ।  
 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update