Odapalika - The Fourth Estate - चौथो अंग
देशभरको मौसमः सामान्यतया सफा 

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागका साथै तराइका भू–भागमा मौसम आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहने छ । 

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली र तराई भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका साथै पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले उल्लेख गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  ०७:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update