Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेस केन्द्रीय सदस्यलाई शशांकको चिया 

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले पार्टीका केन्द्रीय सदस्यहरूको सम्मानमा चियापान कार्यक्रमको आयोजना गरेका छन् । 

एक वर्षपछि कांग्रेस केन्द्रीय समिति बैठक जारी रहेका बेला कोइरालाले मंगलबार बिहान ९ बजे लैनचौरमा केन्द्रीय सदस्यहरूका लागि चियापान कार्यक्रम आयोजना गरेका हुन् ।

आइतबारको केन्द्रीय समितिको बैठकमै सबैलाई चियापानको निम्ता कोइरालाले दिएका छन् । चियापानमा सभापति शेरबहादुर देउवासहितका सबै नेताहरू सहभागी हुने कोइरालाको सचिवालयले जनाएको छ ।

सभापति देउवाप्रति पार्टीको १४औं महाधिवेशनपछि शशांक केही लचिलो देखिएका छन् । पार्टीको १५औं महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने जनाउँदै कोइरालाले दशै र तिहारपछि जिल्ला भ्रमणमा निस्कने निकटहरूलाई बताउँदै आएका छन् । 

सोही सन्र्दभमा उनले केन्द्रीय सदस्यहरूका लागि चियापान कार्यक्रम गरेर सम्बन्ध विस्तारको प्रयास थालेको निकटस्थहरूको दाबी छ ।    
 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update