Odapalika - The Fourth Estate - चौथो अंग
खुला गायन प्रतियोगिता गर्दै टाइमलाइन स्कुल, विद्यालयलाई सहभागिता जनाउन आग्रह

काठमाडौँ । टाइमलाइन स्कुलले गायन प्रतियोगिता आयोजना गर्ने भएको छ । 

गायन क्षेत्रमा रुचि भएका बालबालिकाको अन्तर्निहिन प्रतिभालाई उजाजर गर्ने उद्देश्यका साथ विद्यालयले तेस्रो स्व.गणेशप्रसाद रिजाल स्मृति गायन प्रतियोगिता २०८० आयोजना गर्न लागेको हो । 

विद्यालयका प्रधानाध्याापक रामप्रसाद बडालले उक्त गायन प्रतियोगितामा सहभागीता जनाउन अन्य विद्यालयलाई आग्रह गरे ।उनका अनुसार कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन सक्ने उक्त प्रतियोगितामा स्वदेशी गान अर्थात देशभक्तिले युक्त गीत हुनुपर्नेछ । 

गायन प्रतियोगितामा सहभागीता जनाउन इच्छुुक विद्यालयले मंसिर २९ गतेसम्म आवेदन दिनसक्नेछन् । आवेदन अनुसार २५ वटा विद्यालयलाई मात्र गायन प्रतियोगितामा सहभागीता गराइने आयोजक टाइमलाइन स्कुलले जनाएको छ । 

गायन प्रतियोगितामा प्रथम हुनेलाई ८ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिनेछ । यस्तै, द्धितीय हुनेलाई ६ हजार, तृतीय हुनेलाई ४ हजार र सान्त्वना हुनेलाई २ हजार रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिने विद्यालयले जनाएको छ । 

यस्तैगरी, संगीत र गीतकारतर्फ प्रथम हुनेलाई २५÷२५ सय, द्धितीय हुनेलाई २ हजार र तृतीय १५ सय रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिनेछ । 

२ जनादेखि ४ जनासम्मले गाउन सक्ने गायन प्रतियोगितामा आयोजना टाइमलाइन स्कुलले भने सहभागीता जनाउनेछैन् । 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update