Odapalika - The Fourth Estate - चौथो अंग
पोडवेले पायो कानुनी मान्यता, कार्यान्वयन अब भौतिक मन्त्रालयले गर्ने

काठमाडौँ । सरकारले पोडवेलाई कानुनी मान्यता दिएको छ । कानुनको अभावमा सरकारले चाहेर पनि संचालनमा ल्याउन नसकेको पोडवेलाई कानुनी मान्यता दिइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले राजपत्रमा सुचना प्रकाशित गरी पोडवेलाई कानुनी मान्यता दिएको हो । यसअघि पोडवेलाई सरकारले कानुनी मान्यता दिएको थिएन ।

मंसिर ७ गते प्रकाशित सुचना अनुसार अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यविधि बनाएर पोडवे संचालनको अनुमति दिन सक्ने भएको छ । कार्यविभाजन नियमावलीको दोस्रो संशोधन गर्दै सरकारले पोडवे संचालनको बाटो खोलेको हो ।

‘पोडवे, स्कार्य ट्रलिबस, जलमार्ग लगायत बैकल्पिक यातायात सम्बन्धी नवीन प्रविधिको पहिचान, अध्ययन, नीति, कानुन, मापदण्ड कार्यान्वयन र नियमन गर्ने’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यविभाजन नियमावलीको नियम १६ मा भनिएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update