Odapalika - The Fourth Estate - चौथो अंग
आज यी ४ प्रदेशमा हुनेछ हल्का वर्षासँगै हिमपात

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आज आंशिकदेखि सामान्य बदली रहने छ ।

 सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई–स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई–स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागमा पनि हल्का हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

सोमबार राति देशभर मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम र  कर्णाली प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update