Odapalika - The Fourth Estate - चौथो अंग
बेलायती पाउण्डको भाउ इतिहासकै उच्च, डलर स्थिर  

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज बेलायती पाउण्ड हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७७ पैसा र बिक्री दर १६८ रुपैयाँ ५३ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४५ रुपैयाँ ६२ पैसा र बिक्री दर १४६ रुपैयाँ २८ पैसा रहेको छ । यस्तै अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ । हिजोको तुलनामा डलरको भाउ स्थिर रहेको छ । 

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६० पैसा र बिक्री दर ९८ रुपैयाँ ०४ पैसा छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update