Odapalika - The Fourth Estate - चौथो अंग
सामाजिक सुरक्षा कोषको नयाँ स्कीमः अब श्रमिकका परिवारलाई समेत स्वास्थ्य सुविधा 

काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोष आजदेखि छैटौँ वर्षमा प्रवेश गरेको छ । 

सरकारले निजी क्षेत्रका श्रमिकलाई समेट्ने गरी २०७५ को मंसिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कोष स्थापना गरेको हो । 

कोषले छैटौँ स्थापना दिवसको अवसरमा कोषमा आवद्ध श्रमिकका छोरा छोरीलाई समेत स्वास्थ्य सुविधामा समेट्ने भएको छ । 

हालसम्म योगदानकर्ता दम्पतीले मात्र स्वास्थ्य सुविधा पाउँदै आएकोमा अबदेखि उनीहरुका १८ वर्षमुनिका सन्तानलाई समेत समेट्न लाागेको हो । राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त घोषणा गर्ने कोषले जनाएको छ । 

आज औपचारिक रुपमा घोषणा भएपनि सन्ततीको स्वास्थ्य उपचारका लागि कार्यविधि संशोधन गर्नुपर्नेछ । कोषले औपचारिक रुपमा घोषणा भएपछि कार्यविधि संशोधन गरेर कार्यान्वयनमा लैजाने जनाएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update