Odapalika - The Fourth Estate - चौथो अंग
सामाजिक सुरक्षा कोषका ५ वर्षः ४ सयभन्दा बढी परिवारले पाउँदैछन् पेन्सन

काठमाडौँ । सामाजिक सुरक्षा कोषले ४ सय १४ जना योगदानकर्ताको आश्रित परिवारलाई निवृत्तिभरण सुविधा दिदैँ आएको छ । 

कोषमा आवद्ध श्रमिकको विभिन्न कारणले मृृत्यु हुँदा उसका आश्रित परिवारलाई कोषले मासिक रुपमा ४ हजार रुपैयाँदेखि ९९ हजार ६२५ रुपैयाँसम्म निवृृत्तिभरण दिदैँ आएको हो । 

कोषका अनुसार सबैभन्दा बढी मासिक पेन्सन लिनेमा बालाजुु गुु्रप अफ कम्पनीमा कार्यरत सन्तोष मेटुु र अक्सफाम जिबी नेपालमा कार्यरत सुवास न्यौपानेका परिवार छन् । उनीहरुको मृत्युपछि उनीहरूको आश्रित परिवार श्रीमती र सन्ततिले गरेर मासिक रुपमा उक्त रुपैयाँ बराबरको रकम निवृत्तिभरणका रूपमा प्राप्त गर्दै आएका हुन् । 

मृतक मेटु र न्यौपाने कम्पनीमा काम गर्ने र तलब पनि मासिक एक लाखभन्दा बढी पाउने भएकाले आश्रित परिवार योजना अन्तर्गत मृतकका श्रीमतीहरूले ६० प्रतिशत र सन्ततिले शैक्षिकवृत्ति अन्तर्गत ४० प्रतिशत निवृत्तिभरणको सुुविधा प्राप्त गर्दै आएका छन् । 

 ९ लाख २८ हजार योगदानकर्ता आवद्ध 

कोषमा हालसम्म ९ लाख २८ हजार भन्दा बढी योगदानकर्ता (श्रमिक) आवद्ध भएका छन् । कोषको तथ्यांक अनुसार आइतबारसम्म १८ हजार ४३९ रोजगारदाता मार्फत ९ लाख २८ हजार ४५३ जना श्रमिक कोषमा आवद्ध भएका हुुन् । 

कोषमा हालसम्म ४४ अर्ब ५ करोड ११ लाख योगदान रकम जम्मा भएको छ । उक्त रकममध्ये कोषले ६ अर्ब ४४ कराड ८१ लाख रुपैयाँ दाबी भुक्तानी गरिसकेका छ । जसमा औषधि उपचार, स्वास्थ्य तथा मातृृत्व दाबी भुक्तानीमा ७६ करोड १२ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकममा ८ करोड ७५ लाख, आश्रित परिवार सुरक्षा दाबीमा १० करोड ९६ लाख र अवकाश दाबीमा ५ अर्ब ४ करोड ९७ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । 

कोषमा आबद्ध भएका श्रमिकले हाल वार्षिक रुपमा एक लाखसम्मको औषधि उपचार सुविधा पाउँदै आएका छन् । २ वर्ष योगदान गरेकालाई घातक रोग लागेमा १० लाखसम्म उपचार खर्च कोषले व्यहोर्दे आएको छ । 

योगदानकर्ता कामको सिलसिलामा दुर्घटना भएमा त्यसको उपचारको सम्पूर्ण खर्च कोषले व्यहोर्छ । अन्य दुर्घटनाको उपचारको ७ लाख रुपैयाँसम्म शोधभर्ना हुन्छ । योगदान शुरु गरेको दुई वर्ष पुगेको योगदानकर्ताको व्यवसायजन्य रोगको सम्पूर्ण उपचार खर्च काेषले व्यहोर्छ । 

दुर्घटना भएमा वा व्यवसायजन्य रोग लागेर काममा नफर्किएसम्म आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम पाइन्छ भने स्थायी रुपमा अशक्त भएमा अशक्तताको अनुपातको आधारमा आधारभूत पारिश्रमिकको ६० प्रतिशतसम्म आजीवन पेन्सन पाइन्छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १२:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update