Odapalika - The Fourth Estate - चौथो अंग
अनौपचारिक क्षेत्रका साढे ४ लाख श्रमिक कोषमा आवद्ध

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रका ४ लाख ६२ हजार ४०८ जना श्रमिक आवद्ध भएका छन् । सामाजिक सुरक्षा कोषले ८ चैत २०७९ मा वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराएको थियो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा रहेकी मञ्जु थपलियालाई सामाजिक सुरक्षा कोषको कार्ड हस्तान्तरण गर्दै उक्त योजनाको शुभारम्भ गरेका थिए । 

सुरुवात भएको ८ महिनाको अबधिमा ४ लाखभन्दा बढी श्रमिक आवद्ध भएका हुन् । कोषका अनुसार वैदेशिक रोजगारमार्फत श्रम स्वीकृति लिएर जानेको संख्या भने निरन्तरता कम देखिएको छ । तर, वैदेशिक रोजगारीमा रही विदेशबाटै योगदान गर्नेको हकमा भने ९० प्रतिशतको निरन्तरता रहेको कोषले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update