Odapalika - The Fourth Estate - चौथो अंग
सबैभन्दा धेरै सेवा प्रदान गर्ने १० अस्पताल सम्मानीत

काठमाडौँ । सामाजिक सुरक्षा कोषले उत्कृष्ठ सेवा दिएको भन्दै विभिन्न १० अस्पताललाई सम्मान गरेको छ । कोष स्थापनाको छैटौं वर्षको अवसरमा आयोजित कार्यक्रममा ५ प्रदेशका १० अस्पताललाई सम्मान गरेको हो ।

कोषका योगदानकर्तामध्ये सबैभन्दा बढी सेवा प्रदायकलाई सेवा प्रदान गरेको भन्दै भरतपुरको कलेज अफ मेडिकल साइन्सेन्स, काठमाडौं मेडिकल कलेजका प्रसाशकीय प्रमुख क्षीति निरौला, नोबल मेडिकल कलेज मोरङका प्रबन्धक नारायण प्रसाद दाहाल, बिराट मेडिकल कलेज मोरङ, नेशनल मेडिकल कलेज पर्सा, वीरगन्ज हेल्थ केयर सेन्टर, ग्यालेक्सी डस्पिटल पोखरा, चरक मेमोरिलय अस्पताल पोखरा, नेपालगन्ज मेडिकल कलेज र युर्निभर्सल कलेज अफ मेडिकल साइन्सलाई सम्मान गरेको हो ।

कोषमा आवद्ध भएका श्रमिकलाई उत्कृष्ठ सेवासँगै धेरै सेवा प्रदान गरेको भन्दै कोषले सम्मान गरेको हो । 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update