Odapalika - The Fourth Estate - चौथो अंग
मेष, कर्कट र बृषलाई मालामाल हुँदा अन्य राशिको यस्तो छ आजको दिन 

आजको पञ्चाङ्ग 

तिथि: प्रतिपदा, नक्षत्र: रोहिणी, करण: कौलव, चन्द्रराशि: वृष, सूर्योदय: ६ः ३६, सूर्यास्त: १७: ०६, दिनमान: २६: १७ घडी, राहुकाल: दिनको ३:०० देखि ०४: ३० बजेसम्म ।

तपाईँको आज 

मेष (चु चे चो ला लि लु ले लो अ)

आजको दिन लाभ हुनेछ । समयले पूरै साथ दिनेछ ।  रमाइलोसँग दिन बित्नेछ । विद्यामा सफल तथा सन्तानको प्रगति सुनिनेछ ।

वृष (इ उ ए ओ बा बि बु बे बो)

साथीहरुसँगको मनोरञ्जनमा दिन बित्नेछ । स्वास्थ्यमा आएको समस्या कम हुनेछ । कार्य क्षेत्रमा लागिनेछ । 

मिथुन (का कि कु घ ङ छ के को ह)

तपाईँको आज खर्चिलो दिन हुनेछ । दाजुभाइ नै शत्रु भने हुनेछन् । बसेको स्थान छोड्नु पर्नेछ । 

कर्कट (हि हु हे हो डा डि डु डे डो)

आज अचानक धनलाभ हुनेछ । गरेको कामबाट प्रशंसा र सम्मान प्राप्त हुनेछ । भेटघाटमा समय खर्चिनु पर्नेछ ।

सिंह  (मा मि मु मे मो टा टि टु)

सामाजिक कार्यमा संलग्न भइनेछ । जोश जाँगरले कठिन काम सजिलै बन्नेछ । अरुलाई प्रभावमा राख्न सकिनेछ ।

कन्या (टो प पि पु ष ण ठ पो)

गरेको कामको जश पाइनेछ । भाग्यले पूरा साथ दिनेछ । लेनदेनको कारण छोटो यात्रा होला । 

तुला (र रि रु रे रो ता ति तु ते)

आज जे गर्नुहुन्छ त्यो कामले सफलता पाउन कठिन छ । सामान गुमाउन सकिनेछ । निकै सोचविचार गरेर मात्र काम गर्नुहोला ।

वृश्चिक ( तो नानि नु ने नो या यि यु)

आजको दिन आयआर्जनको सुनौलो दिन रहनेछ । कुनै सामान प्राप्त हुनेछ । आजको यात्रामा सुखद हुनेछ । 

धनु (ये यो भा भि भु ध फा ढा भे)

आज समय ठिकै रहेकाले काम कम मात्र बन्नेछन् । आजको कारोबारले सन्तुष्ट दिने देखिदैन । शत्रुपक्ष सबल देखिनेछन् ।

मकर  (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

आज तपाईँको बोलीको सम्मान हुने देखिन्छ । गरेको कामले पूर्ण सन्तुष्टि दिनेछ । मनोरञ्जनपूर्ण र रमाइलो दिन हुनेछ । 

कुम्भ (गु गे गो सा सि सु से सो दा)

आज कुनै सामानको दुरुपयोग हुनेछ । महत्वपूर्ण कार्य छुट्नेछन् । मन निरुत्साहित हुनेछ । 

मीन (दि दु थ झ ञ दे दो चा ची) 

वन्धुवर्ग नै शत्रु बन्लान् । सामान्य विवादमा पर्न सकिन्छ । धैर्यताको साथ लिएर काम गर्नुहोला । 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ०६:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update