Odapalika - The Fourth Estate - चौथो अंग
राजस्थानको मौसमी प्रणालीको प्रभाव नेपालमा, हल्का वर्षासँगै हिमपात 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका केही भू–भागमा वर्षा र हिमपातको उच्च सम्भावना छ । पहाडी भू–भागमा वर्षा हुँदा उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात हुनसक्ने विभागले जनाएको छ । 

विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने भनेको छ । 

पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना देखिदा उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना देखिएको विभागको भनाइ छ । 

राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

पश्चिमी वायुको र भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव नेपालको मौसममा परेको विभागले जनाएको छ ।


 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ०६:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update