Odapalika - The Fourth Estate - चौथो अंग
भुकम्पबाट जाजरकोटमा १ लाख २८ हजार जना प्रभावित हुँदा ६ स्थानीय तहमा यस्तो छ क्षति 

काठमाडौँ । जाजरकोटको बारेकोट गाउँपालिका रामिडाँडा केन्द्रबिन्दु बनाएर गत १७ कात्रिकमा गएको भुकम्पका कारण सबैभन्दा वढी वालवालिका, सुत्केरी र ज्येष्ठ नगारिक प्रभावित भएको देखिएको छ । 

भूकम्पले गरेको क्षतिको तथ्यांकहरु सार्वजनिक भइरहदा भुकम्पले भन्दा त्रिपालमा बस्नुपरेका कारण चिसोले धेरै नागरिकलाइ असर गरेको देखिएको छ । 

जिल्लाका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको भीड नै लागेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार भेरी नगरपालिकामा ४९ हजार ७२ जना भुकम्पबाट प्रभावित भए ।

४२ जनाको मृत्यु भएको थियो भने ५५५ जना घाइते भएका थिए । ५ वर्षमुनिका ४ हजार ११५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ६७४ गर्भवती, २८२ सुत्केरी, २ हजार ८३६ ज्येष्ठ नागरिक, एक हजार ६५ दीर्घरोगी र ४०८ जना अपाङ्गता भएका व्यक्तिसहित ९ हजार ३८० जना प्रभावित छन् । स्वास्थ्य संस्था ८ वटा पूर्णरूपमा र ८ वटा आंशिकरूपमा भत्किएका छन् ।

कुशे गाउँपालिकामा २५ हजार ८१५ जना प्रभावित भएका छन् । ७ जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए । ५ वर्षमुनिका २ हजार ९४५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ५१५ जना गर्भवती, २३० सुत्केरी, ९२० ज्येष्ठ नागरिक, २७७  दीर्घरोगी र ८८ अजना पाङ्गता भएका व्यक्ति जोखिममा छन् । पाँचवटा स्वास्थ्य संस्था पूर्णरूपमा र १३ वटा आंशिकरूपमा भत्किएको पाइएको छ ।

छेडागाड नगरपालिकामा १ हजार ३५२ जना प्रभावित भए । १ जनाको मृत्यु भयो भने ५ जना घाइते भएका थिए । ५ वर्षमुनिका ३७२ बालबालिका भूकम्पबाट प्रभावित भए भने ८६ गर्भवती, ६६ सुत्केरी, २०४ ज्येष्ठ नागरिक, १५ दीर्घरोगी र ९ जना अपाङ्गता भएकाव्यक्ति प्रत्यक्ष प्रभावमा परे । 

नलगाड नगरपालिकामा २९ हजार २०९ जना प्रभावित हुँदा ५२ जनाले ज्यान गुमाए भने ८६ जना घाइते भए । ५ वर्षमुनिका ३ हजार ३३ बालबालिका, ३३१ गर्भवती, ३७४ सुत्केरी, १ हजार ४८३ ज्येष्ठ नागरिक, २३४ दीर्घरोगी र २५० अपाङ्गता भएका व्यक्तिसहित तीन हजार हजार नौ सय ४४ जना भूकम्पको प्रभावबाट जोखिममा परेका छन् । 

बारेकोट गाउँपालिकाका  १९ हजार ६७६ जना १० जना घाइते भएका थिए । ५ वर्षमुनिका १ हजार ४९९ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने १८१ गर्भवती, ७५ सुत्केरी, ४३९ ज्येष्ठ नागरिक, २२३ दीर्घरोगी र ४५ अपाङ्गतासहित २ हजार ४१७ जना जोखिममा छन् 

शिवालय गाउँपालिका ११ हजार ८४३ जना प्रभावित हुँदा २ जना घाइते भएका थिए । ५ वर्षमुनिका  ४६२ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ४९  गर्भवती, २ जना सुत्केरी, ५१ ज्येष्ठ नागरिक, दीर्घरोगी र अपाङ्गता भएकासहित ४४६ जना  भूकम्पको प्रभावका कारण जोखिममा छन् । 

भूकम्पबाट जुनिचाँदे गाउँपालिकामा १ हजार ९५० जना प्रभावित भएका थिए । ५ वर्षमुनिका ७८ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ४७ जना गर्भवती, ४७ सुत्केरी, ९३ ज्येष्ठ नागरिक, १८ दीर्घरोगी र २२ अपाङ्गता भएका व्यक्तिसहित २८३ जना भूकम्पको प्रभावबाट जोखिममा छन् । 

भूकम्पबाट १ लाख २८ हजार ९१७ जना प्रभावित भएको पाइएको छ । भूकम्पपछि प्रभावित जोखिम जनसंख्या २२ हजार २०० पुगेको छ । पाँच वर्षमुनिका १२ हजार ४०४ बालबालिका प्रभावित भएका छन् भने १ हजार ८८३ गर्भवती त्रिपालमा बस्न बाध्य छन् । त्यसैगरी १ हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा खुला आकाशमा बस्न बाध्य छन् । 

१ हजार ८३२ दीर्घरोगी, ८५० जना अपाङ्गता भएका व्यक्ति पनि समस्यमा छन् । पूर्णरूपमा १५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ भने आंशिक ५५ वटामा क्षति भएको छ ।

मङ्सिर ७ गतेभित्र पालिकाले क्षतिको विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई पठाउन अनुरोध गरे पनि अझै विवरण आउन सकेको छैन ।  छरिएर रहेका घर, एक ठाउँबाट अर्को ठाउँमा पुग्न धेरै समय लाग्ने भएकाले तथ्यांक संकलन गर्नसमय लागेको जनप्रतिनिधिहरु बताउँछन् । 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ०७:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update