Odapalika - The Fourth Estate - चौथो अंग
मूल्यमा इतिहास रच्दै बेलायती पाउण्ड, डलर भने स्थिर 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज बेलायती पाउण्ड हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ र बिक्री दर १६८ रुपैयाँ ७६ पैसा पुगेको छ ।

सोमबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७७ पैसा र बिक्री दर १६८ रुपैयाँ ५३ पैसामा कारोबार भएको थियो । 

युरो एकको खरिद दर १४५ रुपैयाँ ७६ पैसा र बिक्री दर १४६ रुपैयाँ ४१ पैसा रहेको छ । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३रुपैयाँ ७० पैसा रहेको छ । डलरको भाउ दुई दिनदेखि स्थिर छ । 

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५७ पैसा र बिक्री दर ९८ रुपैयाँ ०१ पैसा छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ०८:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update