Odapalika - The Fourth Estate - चौथो अंग
४ दिनदेखि नहर सफा गरिरहेका जानकी गाउँपालिकाका १ हजार कृषक 

काठमाडौँ । कैलालीको जानकी गाउँपालिका–७ का किसान ११ किलोमिटर लामो नहर सफा गर्न जुटेका छन् । त्यस क्षेत्रका करिब १ हजार किसानले भुर्षा सिँचाइअन्तर्गतको नहर सफाइ गर्न थालेका हुन् ।

उनीहरूले दैनिक डेढ किलोमिटरभन्दा बढी सफाइ गर्ने गरेका छन् । ४८५ हेक्टर क्षेत्रफलमा सिँचाइ हुने नहर झारजङ्गलले पुरिन थालेपछि खेतमा पानी अभाव भएको भन्दै किसान आफँैले नहर सफा गर्न थालेको भुर्षा कुला सिँचाइ समितिका अध्यक्ष गोपाल गिरीले जानकारी दिए । 

भुर्षा सिँचाइ कार्यक्रमलाई सरकारले सहयोग नगरेको स्थानीयको गुनासो छ । २०५८ देखि सञ्चालनमा आएको भुर्षा सिँचाइ कार्यक्रममा पछिल्लो समय एकपटक पनि बजेट नआएको उनीहरुको गुनासो छ । 

कुलाअन्तर्गत १२  गाउँ छन् । गाउँको भागअनुसार उनीहरूले कुलो सफा गर्ने गरेका छन् । कुलो सफाइ कार्यक्रममा सिँचाइ समितिका पदाधिकारी र गाउँका बडघरले नेतृत्व लिएर काम गरिरहेका छन् ।

बडघर किसान सबै मिलेर सिँचाइका लागि चार दिनदेखि कुलो सफा गर्न थालेको स्थानीय भागीराम चौधरी बताउँछन् । ‘कुलोमा माटो धेरै थुप्रिएको थियो, हामीले धेरै मेहनत गरेर सफा गरिरहेका छौ,’ उनले भने । 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update