Odapalika - The Fourth Estate - चौथो अंग
मानिखेलका ज्येष्ठ नागरिकलाई आज भत्ता, ठुलदुर्लुङकालाई १८ गते 

ललितपुर । ललितपुरको महांकाल गाउँपालिकाले पालिका भित्रका ज्येष्ठ नागरिकको गत आर्थिक वर्षको अन्तिम किस्ताको सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । 

पालिकाका अनुसार आज र भोलि वडा नम्बर २ मानिखेलका ज्येष्ठ नागरिकलाई गोटिखेलको लक्ष्मी सनराइज बैंकबाट वितरण गर्दै छ । 

पालिका अध्यक्ष गणेश बहादुर कार्कीका अनुसार ७ र ८  साउनमा वडा नम्बर १ वुखेलका ज्येष्ठ नागरिकलाई भत्ता वितरण गरिएको छ । 

११ र १२ साउनमा वडा नम्वर ३ गोटिखेलकालाई, १४ र १५ गते वडा नम्बर ४ कालेश्वरका ज्येष्ठ नागरिकलाई भत्ता वाँढ्ने कार्यक्रम छ । 

पालिकाले जारी गरेको सूचना अनुसार वडा नम्बर ५ चन्दनपुरका ज्येष्ठ नागरिकलाई  १६ र १७ साउनमा र वडा नम्बर ६ ठुलादुर्लुङका ज्येष्ठ नागरिकलाई भने १८ र १९ साउनमा भत्ता बाँढ्ने कार्यक्रम छ । 

पालिकाभित्रका सबै ज्येष्ठ नागरिकले भत्ता लिनका लागि गोटिखेल भने पुग्नै पर्नेछ । 

भत्ता लिन आउन नसक्नेले भने वडा कार्यालयको सिफारिससहितका कागजात लिएर आफन्तलाई भत्ता बुझ्न पठाउन सक्ने पालिकाले जनाएको छ । 

यसअघि पालिकाले भत्ता लिन योग्य नागरिकलाई सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्न १ भदौसम्मको समय दिएर सूचना जारी गरिसकेको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update