
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बिहीबार काठमाडौँका विभिन्न स्थानको विद्युत आपूर्ति बन्द गर्ने भएको छ । बिहीबार लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू–स्युचाटार ६६ के.भी. लाइन १३२ के.भी.मा चार्ज गर्ने प्रयोजनका लागि केही क्षेत्रमा विद्युत आपुर्ति बन्द गर्न लागेको हो ।
प्राधिकरणले बुधबार जारी गरेको सूचना अनुसार बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु, आवास र जनसेवा मार्गमा विद्युत आपुर्ति बन्द हुनेछ ।
त्यस्तै कालीमाटी, काराखुशी, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पोट्रोलपम्प, टेकेश्वर, महेन्द्ररत्न क्यापस, चागल र कलश अपार्टमेन्टमा बिद्युत आपुर्ति बन्द हुने सूचनामा उल्लेख छ ।
टेकू सबस्टेसनमा दोस्रो १ थान १३२–११ के.भी., ४५ एम.भी.ए. ट्रान्सफर्मर चार्ज गर्न फाउन्डेसन निर्माण कार्य भइरहेको छ । सो स्थानमा रहेको ११ के.भी. हटाउने कार्यका लागि लाइन सटडाउन गर्नुपरेको प्राधिकरणले जनाएको छ ।