Odapalika - The Fourth Estate - चौथो अंग
ओखलढुंगामा पहिरोः २ जना घाइते, २ घरमा क्षति

काठमाडौँ । ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिकामा पहिरो जाँदा २ घरमा क्षति पुगेको छ ।

सोमवार अपरान्हदेखि परेको अविरल वर्षाको कारण सो नगरपालिकाको वडा नम्बर १२ मा पहिरो जाँदा स्थानीय पेशलबहादुर खत्री र सोमबहादुर खत्रीको घरमा क्षति पुगेको सोही वडाका वडा अध्यक्ष उमंग श्रेष्ठले जानकारी दिए ।

‘आज विहान साढे ६ बजेतिर पहिरो गएको रहेछ । २ घरमा क्षति पुगेको छ । अहिले नेपाली सेना, नेपाल प्रहरी र नगरपालिकाको टोलीले उद्धारकार्य गरिरहेको छ,’ वडा अध्यक्ष श्रेष्ठले वडापालिकासँग भने ।

उनले अहिले पानी केही रोकिएको बताए । उद्धारकार्य भइरहेकोले के कति क्षति पुगेको छ भन्ने यकिन भएको छैन । 

पहिरोमा परी भारतको दार्जिलिङ घर भएका नितेश राईको खुट्टामा चोट लागेको छ । यस्तै, मोलुङ– ५ की नबिना धमलाको खुट्टामा चोट लागेको छ । राई पहिरोले क्षति पुगेको सोमबहादुर खत्रीको घरमा डेरा गरी बस्ने गरेका थिए भने धमला पेशल खत्रीको घरमा डेरा गरी बस्ने गरेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update