Odapalika - The Fourth Estate - चौथो अंग
पश्चिमी वायु सक्रिय हुँदा झन वढ्यो चिसो, यस्तो छ देशभरको मौसम अवस्था

काठमाडौँ । पश्चिमी वायु र भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभर चिसो महसुस हुन थालेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान मधेस, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशलगायात पहाडी भू–भागमा आंशिक बदलीे छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । 

दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना  छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको बाँकी पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही  स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०७:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update