काठमाडौँ । बिहीबार बिहानैदेखि मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत अन्य विमानस्थलको उडान प्रभावित भएको छ ।
मौसममा खराबी आउँदा विमानस्थलका भिजिबिलिटी कम हुँदा अधिकांश विमानस्थलको उडान प्रभावित बनेको हो ।
भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईएफआर प्रविधिबाट उडान अवतरण गरिएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बिहीबार बिहान विमानस्थलको भिजिबिलिटी ४ हजार मिटर मात्रै छ ।
भिजिबिलिटी कम हुँदा तुम्लिङटार र सुर्खेत विमानस्थलमा उडान हुन सकेको छैन भने अन्य गन्तव्यमा समेत समयमै उडान हुन नसकेको बायुसेवा कम्पनीहरुले जनाएका छन् ।
बिहानैदेखि भिजिबिलिटी कम भएको भन्दै वायुुसेवा कम्पनीहरुले उडान प्रभावित हुनसक्ने सूचना जारी गर्न थालेका छन् । समयमै उडान हुने भन्दै विमानस्थल पुुगेका यात्रुहरु उडानको पर्खाइमा रहेका छन् ।