Odapalika - The Fourth Estate - चौथो अंग
नेपाल लाइफको कात्तिकमा ५२ करोड प्रथम बीमा शुल्क, अरुको कति ? 

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कात्तिक महिनामा ५२ करोड रुपैयाँभन्दा बढी प्रथम बीमाशुल्क संकलन गरेको छ ।

बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनाको तथ्यांक अनुसार १३ वटा जीवन बीमा कम्पनीलाई पछि पार्दै नेपाल लाइफले सबैभन्दा धेरै प्रथम बीमा शुल्क संकलन गरेको हो ।

तथ्यांक अनुसार नेपाल लाइफले कात्तिक महिनामा ५२ करोड १ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । यस्तै, नेशनल लाइफले ३५ करोड १३ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । नेपाल लाइफ पछि नेशनलले नै बीमा शुल्क बापत सबैभन्दा धेरै बीमा शुल्क संकलन गरेको हो । 

लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआइसी) ले १७ करोड १४ लाख ३४ हजार, सूर्यज्योति लाइफले १० करोड ५२ लाख ६४ हजार, एशियन लाइफले १० करोड २४ लाख ३ हजार, हिमालयन लाइफले ९ करोड ७५ लाख ५ हजार, सन नेपाल लाइफले ८ करोड ७२ लाख ४६ हजार र सानिमा रिलायन्स लाइफले ८ करोड १९ लाख ९१ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् । 

यस्तै, मेट लाइफले ७ करोड ८१ लाख ७९ हजार रुपैयाँ, सिटिजन लाइफले ७ करोड ५ लाख ५२ हजार, आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६ करोड ५७ लाख ५३ हजार, रिलायबल लाइफले ६ करोड २१ लाख, राष्ट्रिय जीवन बीमाले ५ करोड ८० लाख ५६ हजार रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले ५ करोड २० लाख २७ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार कात्तिकमा १४ जीवन बीमा कम्पनीले १ अर्ब ९० करोड ४० लाख रुपैयाँको प्रथम बीमा शुल्क संकलन गरेका छन् । असोजको तुलनामा जीवन बीमा कम्पनीको व्यवसाय घटेको छ । गत असोजमा १४ जीवन बीमा कम्पनीले २ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update