Odapalika - The Fourth Estate - चौथो अंग
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. लोहनी नियुक्त

काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ । 

बोर्डका तत्कालीन अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीले गत माघ २४ गते राजीनामा दिएपछि रिक्त रहेको स्थानमा सरकारले ४ वर्षका लागि लोहनीलाई नियुक्त गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । 

सरकारले नेपालमा स्वास्थय बीमा कार्यक्रम लागू गर्दा ताका उनी नै कार्यकारी निर्देशक थिए । डा. लोहनी स्वास्थ्य मन्त्रालयबाट १२औं तहबाट उमेरका आधारमा अवकास प्राप्त कर्मचारी हुन् । 

यसैगरी स्वास्थ्य मन्त्रालयकै प्रस्तावमा नेपाल स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा महोत्तरी निवासी सुवोध कुमार शर्मालाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update