Odapalika - The Fourth Estate - चौथो अंग
चिसो बढेसँगै आज ४ प्रदेशमा हिमपातको सम्भावना 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा मैसम आंशिक बदली हुने छ । साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले उल्लेख गरेको छ । 

शुक्रबार राती पनि कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशभर चिसो बढेसँगै तापक्रम गिरावट भएको छ । चिसोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  ०७:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update