Odapalika - The Fourth Estate - चौथो अंग
घट्यो डिजेल–पेट्रोलको मूल्य, ग्यास यथावत  

काठमाडौँ ।  नेपाल आयल निगमले बिहीबार मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ ।

निगमले पेट्रोलमा प्रति लिटर २ रूपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रूपैयाँ मूल्य घटाएको हो । निगमले एलपी ग्यासको मूल्य भने घटाएको छैन । एलपी ग्यास प्रति सिलिन्डर १ हजार ८ सय ९५ रूपैयाँ नै कायम रहेको छ ।

अब काठमाडौँ, पोखरा र दिपायल डिपोको १५ किलोमिटर क्षेत्रमा एक लिटर पेट्रोलका लागि १ सय ७० रूपैयाँ तिर्नुपर्ने छ । त्यस्तै, विराटनगर, जनकपुर, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको १ सय ६७ रूपैयाँ ५० पैसा मूल्य पर्नेछ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  ०८:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update