Odapalika - The Fourth Estate - चौथो अंग
महांकाल गाउँपालिकाले थाल्यो ४५ सहकारी र लघुबित्तमाथि कारवाही प्रक्रिया, यी हुन् कारवाहीमा परेका संस्था 

ललितपुर । ललितपुरको महांकाल गाउँपालिकाले विवरण बुझाउन आनाकानी गरेको भन्दै पालिकाभित्र संचालित ४५ वटा सहकारी र लघुबित्तलाई कारवाही प्रक्रिया अघि वढाएको छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टका अनुसार ४५ वटा सहकारी र लघुबित्तले पालिकाले मागेको विवरण नबुझाएका कारण १५ दिन भित्र स्पष्टीकरण पेश गर्न सबै संस्थालाई पत्राचार गरिएको बताए । 

गाउँपालिकाको सहकारी ऐनअनुसार पालिकाको कार्यक्षत्रेभित्र पर्ने र पालिकाभित्र संचालित हरेक सहकारी र लघुबित्तलाई गत २ साउनमै ऐनअनुसारका विवरण मागेर पत्राचार गरिएपनि हालसम्म अटेरी गरेका कारण कारवाहीको प्रक्रिया अघि वढाइएको हो । 

पालिकाले १५ दिन भित्र विवरण नबुझाउनाको कारण माग्दै स्पष्टीकरण सोधेको र चित्तवुझ्दो जवाफ या विवरण उपलव्ध नभए थप कारवाही हुने जनाएको छ । स्पष्टीकरण मागिएकामा अधिकांश दूग्ध विकास सहकारी र कफी उत्पादक सहकारी छन् । 

यी हुन् विवरण नबुझाउने संस्था  

403406856_378689674582366_2097017549564670767_n1701399561.jpg

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update