Odapalika - The Fourth Estate - चौथो अंग
नक्कली भुटानी शरणार्थी प्रकरणः टोपबहादुर थुनामै, वालकृष्णको हकमा न्यायाधीशको राय बाझियो, रिजाल धरौटीमा छुटे 

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने अपराधमा मुछिएका एमाले सचिव टोपवहादुर रायमाझीलाई उच्च अदालत पाटनले थुनामै राखेर मुद्धाको प्रक्रिया अघि वढाउन आदेश दिएको छ । 

अर्का अभियुक्त कांग्रेस नेता तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडलाई भने थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने विषयमा न्यायाधीशहरुको राय बाझिएको छ । 

उच्च अदालतका न्यायाधीशहरु जनक पाण्डे र प्रकाश खरेलको इजलासले गरेको आदेशमा २ जनाबीच राय बाझिएपछि अब खाँड थुनामै रहने कि धरौटीमा छुट्ने भन्ने विषयमा २ जना बाहेककाे एकल न्यायाधीश भएको इजलासले आदेश गर्नेछ ।

साे इजलासले थुनामा राख्ने जिल्ला अदालतकाे आदेश सदर गरेकाे खण्डमा उनी थुनामै हुनेछन् भने धराैटीमा छाड्ने न्यायाधीशकाे रायमा उनी सहमत भए खाँड धराैटिमा छुट्नेछन् । सबेलासम्म भने खाँड थुनामै रहने छन् ।

अर्का अभियुक्त भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई भने धरौटी लिएर छाड्न अदालतले आदेश दिएको छ । 

अदालतले टोपबहादुर रायमाझीका छोरालाई पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध परेको निवेदनमा सुनुवाई गर्दै उच्च अदालतले यस्तो आदेश दिएको हो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update