Odapalika - The Fourth Estate - चौथो अंग
सभापति छान्न बागमती प्रदेशमा सर्वदलीय बैठक बस्दै 

काठमाडौँ । प्रदेशसभा समितिका सभापति चयनका लागि वागमती सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक बोलाएका छन् । 

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफल हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update