Odapalika - The Fourth Estate - चौथो अंग
कतिमा कारोवार हुँदै छ आज विदेशी मुद्रा ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७९ पैसा र बिक्री दर १६८ रुपैयाँ ५६पैसा निर्धारण गरेको छ । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७० पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा छ । 

युरो एकको खरिद दर १४४ रुपैयाँ ३७ पैसा र बिक्री दर १४५ रुपैयाँ ०३ पैसा र कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८६ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ ।

भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा छ ।   
 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update