Odapalika - The Fourth Estate - चौथो अंग
कोशी, गण्डकी र सुदूरपश्चिममा आज दिनभर दर्के पानी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । 

विभागले बुधबार बिहानै देखि देशभर मौसम आंशिक देखि सामान्य बदली रहेको जनाउँदै सतर्कता अपनाउन पनि आग्रह गरेको छ । 

अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको जनाएको छ । बुधबार दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भु–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको प्रक्षेपण विभागको छ ।

राति देशभरको मौसम आंशिकदेखि सामान्यबदली रहनेछ । कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना छ  ।देशका बाँकी अन्य स्थानका पहाडी भु–भागमा पनि हल्का वर्षाको सम्भावना छ ।
 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update