Odapalika - The Fourth Estate - चौथो अंग
हिमालयन डिस्टिलरीले घोषणा गर्याे लाभांश, बोनर र नगद सेयर कति ?

काठमाडौँ । हिमालयन डिस्टिलरीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको सोमबार बिहान बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई नगद र सेयर बोनस दिने घोषणा गरेको हो । 

कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत सेयर बोनस र प्रतिसेयर १५ प्रतिशत लाभांश (करसहित) प्रदान गर्ने निर्णय गरेको जनाईएको छ । 

यस्तै, सोमबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको आह्वान गरेको छ । आगामी पुस १५ गतेका लागि कम्पनीले साधारणसभा आह्वान गरेको हो । 

जसका लागि सेयरधनी दर्ता पुस्तिका पुस १३ गते बन्द हुनेछ । पुस १२ गतेसम्म कायम सेयरधनीले कम्पनीको लाभांश पाउने र साधारणसभामा भाग लिने अधिकार प्राप्त गर्दछन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update