Odapalika - The Fourth Estate - चौथो अंग
कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

काठमाडौँ । सोमबार बिहानैदेखि कर्णाली प्रदेशका केही जिल्लामा हिमपात भएको छ । आइतबार मौसममा बदली भई रातिदेखि हुम्लामा भारी हिमपात भएको हो । 

हिमाली जिल्ला हुम्लामा यो वर्षकै पहिलो हिमपात भएको छ । गत वर्षहरुमा माघ महिनादेखि हिमपात सुरु हुनेगरेकोमा अहिले मंसिर दोस्रो साताबाटै हिमपात भएको हो । 

हिमपातसँगै अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । हिमपातले हुम्लाको एक मात्र हवाई यातायात सेवा पनि अवरुद्ध हुने भएको छ । हुम्लाको माथिल्लो क्षेत्र नाम्खा गाउँपालिका लिमी, यारी,चाला क्षेत्रमा पनि भारी हिमपात भएको छ ।

त्यस्तै डोल्पा, मुगु र जुम्लाका माथिल्लो भागमा पनि हिँउ परिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएका छन् । हिमपातले हिमाली जिल्लामा हवाई सेवा बन्द भएको छ । सोमबार मुगु, डोल्पा, हुम्ला र जुम्लामा हवाई उडान हुन नसकेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update