Odapalika - The Fourth Estate - चौथो अंग
अपाङ्गता दिवसको अवसरमा ललितपुर महानगरको खेल प्रतियोगिता 

ललितपुर । ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा ललितपुर महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको लागि खेलकुद प्रतियोगिता संचालन गरेको छ ।

ललितपुर महानगरपालिका वडा ४ भनिमण्डल बास्केटबल कोर्टमा बास्केटबल र गोल बल प्रतियोगिता संचालन गरेको हो । 

जावलाखेल व्हीलचीयर खेलकुद क्लबले बास्केटबल खेलेका थिए । भने राष्ट्रिय दृष्टिविहीन खेलकुद संघले गोल बल खेलेका छन्  । अपाङ्गता भएका व्यक्तिको क्षमता विकास र सामाजिकीकरणका लागि प्रतियोगिता संचालन गरेको महानगरको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update