Odapalika - The Fourth Estate - चौथो अंग
तारकेश्वर मेयर कप: हिमरश्मीलाई दोहोराे सफलता, उसुमा किन्डरगार्टेनको वर्चस्व 

काठमाडौँ । जारी दोस्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत बास्केबटलमा हिमरश्मीले दोहोरो सफलता पाएको छ । हिमरश्मी गल्स र जुनियर ब्वाइजमा जित हात पार्न सफल भएको हो । 

मैनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमी (एलएनए) मा भइरहेको प्रतियोगिताको गल्र्समा हिमरश्मीले प्रारम्भ वल्र्डलाई १८–१२ ले पाखा लगायो । 

हिमरश्मीकी खुशी चौधरीले ७ स्कोर गरिन् । जुनियर ब्वाइजमा हिमरश्मीले मानसिंहलाई १५–४ ले हरायो । हिमरश्मीका भिजन खत्रीले ४ अंक जोडे ।

गल्र्समै पद्मचक्रले एन्जल्स हार्टलाई २२–१५, न्यु इराले स्प्रिङ भ्यालीलाई २१–१२ र एन्जल्स हार्टले रोजमेरीलाई २५–१६ ले हराए । पद्मचक्रकी श्रद्धा फुयालले ८, न्यु इराकी नर्गिमा तमाङले ९ र एन्जल्सकी अन्शु शर्माले १० अंक जोडेका थिए । 

जुनियर ब्वाइजमा मानसिंहले रोजमेरीलाई १६–१२, एलएनएले हिमरश्मीलाई ३२–१८, एन्जल्सले रोजमेरीलाई ३२–१८ र पद्मचक्रले मेघा पब्लिकलाई १४–८ ले पन्छाए । 

मानसिंहका दावा भोटेले ७, एलएनएका सर्गम गुरुङले १०, एन्जल्सका रुपेश पौडेलले १२ र पद्मचक्रका सुहान केसीले ५ अंक बटुले ।

उसुमा किन्डरगार्टेनको १४ स्वर्णसहित वर्चस्व

दोश्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद अन्तर्गत हिजो भएको उसुमा किन्डरगार्टेनको वर्चस्व रह्यो । १८ स्पर्धामा प्रतिस्पर्धा भएकोमा किन्डरगार्टेनले १४ स्वर्णमाथि कब्जा जमायो । एन्जल्स हार्टले २ तथा हिमरश्मी र कालीदेवीले १–१ स्वर्ण हात पारे । 

मनमैजुस्थित अजिमा हलमा भएको प्रतियोगिताको थाउलोतर्फ नानछ्वानको पुरुषमा हिमरश्मीका सार्थक आचार्य र महिलामा किन्डरगार्टेनकी करिना बोहरा, छाङछ्वानको पुरुषमा किन्डरगार्टेनका विजन रोक्का क्षेत्री र महिलामा कालिदेवीकी यर्मिया तामाङ तथा थाइची छ्वानको पुरुषमा किन्डरगार्टेनका एनेक्स महर्जन र महिलामा किन्डरगार्टेनकी विपना तामाङले स्वर्ण जिते ।

सान्सौंको पुरुष ३९ केजीमुनि किन्डरगार्टेनका उत्सव महर्जन, ४२ केजीमुनि किन्डरगार्टेनका प्रशान्त बोहरा, ४५ केजीमुनि किन्डरगार्टेनका अनिश श्रेष्ठ, ४८ केजीमुनि किन्डरगार्टेनका अदित कार्की, ५२ केजीमुनि किन्डरगार्टेनका अनिश महर्जन, ५६ केजीमुनि एन्जल्स हार्टका साजन महर्जन र ६० केजीमुनि एन्जल्स हार्टका मनीष महर्जनले पहिलो स्थान हात पारे ।

महिलाको ६० केजीमुनि किन्डरगार्टेनकी आयुष्मा अधिकारी, ४५ केजीमुनि किन्डरगार्टेनकी अंकिता श्रेष्ठ, ४८ केजीमुनि किन्डरगार्टेनकी राशिका श्रेष्ठ, ५२ केजीमुनि किन्डरगार्टेनकी अनिषा कार्की र ६० केजीमुनि किन्डरगार्टेनकी सुजिता खनाल शीर्ष स्थानमा रहे ।

एथलेटिक्समा हिमरश्मीलाई ४ स्वर्ण 

हिमरश्मीले दोश्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुदअन्तर्गत एथलेटिक्सको पहिलो दिन ४ स्वर्ण जितेको छ । पहिलो दिन ८ स्वर्णका लागि फिल्ड इभेन्टका खेल भएकोमा एलएनएले २ तथा सेक्रेट हार्ट र ग्राम सेवाले समान १–१ स्वर्ण हात पारे ।

ज्याभिलन थ्रोको पुरुषमा सेक्रकेट हार्टका केन्द्र लिम्बू र महिलामा ग्राम सेवाकी सपना तामाङ तथा लङजम्पको पुरुषमा हिमरश्मीका अशिम सेढाईं र महिलामा एलएनएकी सुजाता बलामी पहिलो भए । दोहोरो स्वर्ण जितेकी सुजाता त्रिपलजम्पमा अब्बल बनिन् ।

सटपुटको पुरुषमा हिमरश्मीका सुविन तामाङ र महिलामा हिमरश्मीकी एलिना विक तथा त्रिपलजम्पको पुरुषमा एलएनएका सैलेश श्रेष्ठले स्वर्ण चुमे ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update