Odapalika - The Fourth Estate - चौथो अंग
पाँच निर्माण कम्पनी कालोसूचिमा, ३ देखि १ वर्षसम्म सार्वजनिक निर्माणमा सहभागी हुन नपाउने

काठमाडौँ । पाँच निर्माण कम्पनीलाई सरकारले कालोसूचिमा राखेको छ । तोकिएको समयमा काम नगरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो । 

कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

एउटा कम्पनी तीन वर्षसम्मका लागि, एउटा दुई वर्षसम्मका लागि र अरु तीन कम्पनी एक वर्षसम्मका लागि कालोसूचीमा परेका छन् ।

भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्धिसाई जेभी पुतलीसडक तीन वर्षसम्म कालोसूचीमा परेको छ । भारत कन्सट्रक्सनका मुख्य व्यक्ति राजिव गुर्गा, मैनाचुली निर्माण सेवा प्रालिका मुख्य व्यक्ति मदन कुमार अधिकारी र सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रालिका मुख्य व्यक्ति दिपेन्द्रबहादुर शाही छन् ।

यसैगरी मैनाचुली–सिद्धिसाई जेभी नयाँबानेश्वर दुई वर्षसम्म कालोसूचीमा परेको छ ।

शेर्पा/हेना/सुनामी जेभी विदुर–७ नुवाकोट एक वर्षसम्म कालोसूचीमा परेको छ । शेर्पा कन्स्ट्रक्सनको मुख्य व्यक्ति फुर्तेम्बा शेर्पा, हेना कन्स्ट्रक्सनका मुख्य व्यक्ति गणेशबहादुर बस्नेत र सुनामी कन्स्ट्रक्सनको मुख्य व्यक्ति  पोष्टबहादुर बोगटी छन् ।

यसैगरी विक्रम तामाङ मुख्य व्यक्ति रहेको कार्स्याङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स र हरिराम बोहरा मुख्य व्यक्ति भएको इजोन निर्माण सेवा पनि एक÷एक वर्षका लागि कालोसूचीमा परेका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update