Odapalika - The Fourth Estate - चौथो अंग
दुर्गा प्रसाईँका कार्यकर्ताले गरे बैंकका कर्मचारीलाई ‘अपहरण’

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाइँका कार्यकर्ताहरुले बैङ्कबाट कर्जा नदिएको भन्दै बैंकका कर्मचारीलाई बन्दी बनाएका छन् । प्रसाईँका कार्यकताले नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको बिर्तामोड शाखामा कार्यरत एक कर्मचारीलाई बन्दी बनाएका हुन् । 

बिर्तामोड शाखाका सेकेण्डम्यान दिनेश पनेरुलाई मंगलबार बिहान बैङ्कको कार्यकक्षबाटै प्रसाईँका कार्यकताले लगेको जनाईएको छ । 

कर्जा माग गर्दा उनले नदिएको भन्दै प्रसाईँका कार्यकताले पनेरुलाई इलाका प्रहरी कार्यालय लगेका थिए । तर, प्रसाईँका कार्यकर्ताले अपहरण नगरी सामान्य सोधपुछका लागि प्रहरी कार्यालय लगिएको जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update