Odapalika - The Fourth Estate - चौथो अंग
बालेनलाई कुलमानको ताकेताः १ अर्ब ८० करोड महसुल तत्काल तिर्नु पर्यो

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले काठमाडौँ महानगरपालिकालाई विद्युत महसुल तिर्न ताकेता गरेको छ । 

काठमाडौँ महानगरभित्रका सडक बत्तीको महसुल तिर्न नेपाल विद्युत प्राधिकरणले ताकेता गरेको हो ।

नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महसुल स्थानीय तहरुले तिर्नुपर्ने भनेको थियो । प्राधिकरणको यस्तो भनाइपछि स्थानीय तहरुले विद्युत महसुल आफूहरुले नतिर्ने अडान लिएका थिए ।

स्थानीय तहहरुले सडक बत्तीको महसुल नतिर्नको लागि सरकारी कार्यालयहरुको बक्यौता हिसाव मिलाउन गर्नको लागि अर्थमन्त्रालयसँग अनुरोध गरिएको थियो । तर, अर्थमन्त्रालयले गत २२ कात्तिकमा सरकारी कार्यालयहरुको बक्यौता हिसाव मिलान नगरिने र सम्बन्धित कार्यालयहरुले नै बक्यौता तिर्नुपर्ने निर्णय गरेको थियो ।

मन्त्रालयको यस्तो निर्णयपछि सडक बत्तीको बक्यौता स्थानीय तहरुले तिर्नुपर्ने भएको छ । देशभरका ३३२ स्थानीय तहहरुले सडक बत्ती वापतको ६ अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

यस्तो बक्यौतामध्ये काठमाडौँ महानगरको १ अर्ब ७८ करोड ९८ लाख रुपैयाँभन्दा बढी तिर्न बाँकी छ । नेपाल विद्युत प्राधिकरणले काठमाडौँ महानगरलाई सडक वत्ती वापतको महसुस तिर्न आग्रह गरिरहेको छ ।

देशभर चरम लोडसेडिङ भएको समयमा लोडसेडिङ हटाएर लोकप्रिय भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अहिले प्राधिकरणको नेतृत्वमा दोस्रो कार्यकालमा छन् । यस्तै, बालेन शाह स्वतन्त्र उम्मेदवार बनेर लोकप्रिय मतका साथ काठमाडौँ महानगरको मेयर बनेका छन् । सडक बत्तीको बक्यौताको विषयमा काठमाडौँ महानगरका प्रमुख बालेन शाह र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आमनेसामने भएका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update